काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
एफपीओमा सोमबारसम्म १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन मागभन्दा ४१.३५ गुणा बढी हो ।
आज बैकिङ समयसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन दिन सकिने छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
.jpg)


