मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 270
    SHARES
  • कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ । 

    images

    नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार बिहीबारदेखि रोक्का गरिएको हो ।

    नेपाल राष्ट्र बैंकले बुधबार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै  नियन्त्रणमा लिएको थियो ।

    images

    कर्णाली बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी  नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ  ।

    राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको हुँदा उक्त संस्थालाई ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’को विनियम ३ बमोजिम मिति २०८१ मङ्सिर ११ देखि लागु हुनेगरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कर्णाली डेभलपमेन्ट बैंक