मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ४.१९ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 306
    SHARES
  • बिहिबार ४.१९ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ ।

    images

    आज बजार ४.१९ अंकले बढेर २६३०.७१को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्स)ले जनाएको छ । बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आज बजार ०.१५ प्रतिशतले बढेको हो ।

    ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँको कारोबार भएको बजारमा ७० कम्पनीको सेयर मूल्य बढेको छ। १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन। 

    images

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ । 

    त्यसैगरी कर्पोरेट विकास बैंक लिमिटेड,नारायणी विकास बैंक लिमिटेड र नारायणी विकास बैंक लिमिटेडको सेयर मुल्य १० प्रतिशतले घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से