बुधबार, भाद्र २४ गते २०८३
images

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ:गृहमन्त्री लेखक

एक्सप्रेस पाना
पौष १२, २०८१ शुक्रबार
  • 230
    SHARES
  • संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ:गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन्। 

    images

    शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने बताए । 

    उनले भने,"जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो। उसले नागरिकता पाउनै पर्छ। तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन। यी दुईवटा कुरामा स्पष्ट छौं,’ ‘मानिसहरूले सहज र सरल रुपमा नागरिकता नपाएको, संविधान र कानुनले नागरिकता पाउने कुराको ग्यारेन्टी गरेको छ,’ ।‘तर, प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति र सम्मानित सर्वोच्च अदालतबाट पटक पटक फैसला भएका छन्। यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तमा देखिएका समस्या समाधान गर्न सरकार अगाडि बढेको छ "

    images

     

  • सम्बन्धित विषय:

  • # रमेश लेखक