आइतबार, भाद्र २८ गते २०८३
images

उपत्यकालगायत तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 260
    SHARES
  • उपत्यकालगायत तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको काठमाडौं उपत्यकालगायत तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images

  • सम्बन्धित विषय:

  • # हुस्सु तथा कुहिरो