शनिबार, भाद्र २७ गते २०८३
images

दुर्गेश थापाको ‘दुस्मन हेरेको हेरेई’ बोलको गीत सार्वजानिक

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 324
    SHARES
  • दुर्गेश थापाको ‘दुस्मन हेरेको हेरेई’ बोलको गीत सार्वजानिक

    काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले  ‘दुस्मन हेरेको हेरेई’ बोलको नयाँ गीत सार्वजानिक गरेका छन् । सोमबार सार्वजनिक गीत रिलिजको २४ घण्टा नबित्दै युट्युवको ट्रेण्डिङमा परिसकेको छ ।

    images

    फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियोमा दुर्गेशसँगै अभिनेत्री प्रियंका कार्की, मोडल कविता नेपाली र गायक तथा मोडल पेमा लामाको अभिनय रहेको छ ।

    गीतमा स्वर भने दुर्गेश, वरिष्ठ गायक आनन्द कार्कीसँगै फिमेल भर्सनमा गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानको रहेको छ । शब्द संगीत र एरेन्ज दुर्गेशको नै हो भने मिक्सिङको काम बिमल छिनालले गरेका छन् ।

    images

    भिडियोतर्फ निर्देशन दुर्गेश थापा र बिजु पार्कीको रहँदा संजय विश्वकर्माको नृत्य निर्देशन, रुपेश थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन समावेश छ । 

  • सम्बन्धित विषय:

  • # दुस्मन हेरेको हेरेई’
  • # दुर्गेश थापा