बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
पौष १८, २०८१ बिहीबार
  • 269
    SHARES
  • चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

    काठमाडौं । पुस २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ ।

    images

    बुधबार सार्वजनिक गरेको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, जितु नेपाल, दिया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङ रहेका छन् ।

    ट्रेलरमा एउटा ग्रामिण क्षेत्रमा झाँक्री शक्ति, सामाजिक परम्परा, आर्थिक अभाव समेटिएको छ ।

    images

    दयाहाङ र सिर्जना विवाहित जोडीको भूमिकामा रहेको ट्रेलरले खुलाउँछ । त्यस्तै, दिया र जितु पनि जोडीकै भूमिकामा छन् । उनीहरुबीचको घरझगडाले ट्रेलरलाई रोमाञ्चक बनाएको छ ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रको निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘कार्साङ’