काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले जनाएको छ । सोमबार १.८९ प्रतिशतले बढेको हो ।
बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको बजारमा २२६ कम्पनीको सेयर मूल्य बढेको छ। १२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
सोमबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ ।


