आइतबार, कार्तिक १६ गते २०८३
images
images

यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

एक्सप्रेस पाना
पौष २६, २०८१ शुक्रबार
  • 282
    SHARES
  • यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

    काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ ।

    images

    शुक्रबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो । 

    माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप खेल्न पुजा महत्तोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । शनिबार नेपाली टोली मलेसिया प्रस्थार्न गर्नेछन् । 

    images

    टोलिमा पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ रहेका छन् । 

    समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपका खेलअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ । 

    कार्यक्रम क्यानका पदाधीकारी लगायत नेपाली महिला टिमको कप्तान इन्दु बर्मा पनि उपस्थिति थियो । 

     

  • सम्बन्धित विषय:

  • # पूजा महतो
  • # यू–१९ महिला विश्वकप