बुधबार, भाद्र २४ गते २०८३
images

दयाहाङ राईको चलचित्र ‘कार्साङ’ शुक्रबारदेखी प्रदर्शनमा

एक्सप्रेस पाना
पौष २६, २०८१ शुक्रबार
  • 267
    SHARES
  • दयाहाङ राईको चलचित्र ‘कार्साङ’ शुक्रबारदेखी प्रदर्शनमा

    काठमाडौं । शुक्रबारदेखी देशभरका चलचित्रमा हलमा नेपाली चलचित्र ‘कार्साङ’ प्रदर्शनमा आएको छ । 

    images

    यो चलचित्रलाई ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ५३ शो दिएको छ भने अन्य सिनेमा हलहरुले पनि राम्रो शो उपलब्ध गराएका छन् । जसअनुसार आईएनआई सिनेमाजले १३ शो दिएको छ भने एफक्युब सिनेमाजले सात शो दिएको छ ।

    छायांकारसमेत रहेका पुरुषोत्तम प्रधान चलचित्रका निर्माता हुन् । चलचित्रले सिन्धुपाल्चोकको यार्सा गाउम्मा बसे शेर्पा समुदायको सांस्कृतिक पृष्ठभूमिमा पारिवारिक सम्बन्धको कथा भनेको छ ।

    images

    शेर्पा समुदायको कथावस्तुमा आधारित ‘कार्साङ’ यम शेर्पाले लेखन तथा निर्देशनमा तयार भएको चलचित्र हो । चलचित्रमा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # दयाहाङ राई
  • # जितु नेपाल
  • # दीया मास्के