काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ ।
आज बजार २५.४१ अंकले घटेर २६०९.६७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । ४४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। १९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य सबै भन्दा बढि बढेको छ भने न्यादी हाइड्रोपावरको सेयर मुल्य सबै भन्दा बढि घटेको छ ।


