आइतबार, कार्तिक १६ गते २०८३
images
images

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथी भएको दुव्र्यवहारप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 282
    SHARES
  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथी भएको दुव्र्यवहारप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार राति  एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    images

    कांग्रेसले जारी गरेको विज्ञप्तीमा विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बिचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुने बताउँदै त्रिपाठीमाथि भएको हातपात र दुर्व्यवहार अत्यन्त दुःखदायी घटना भएको जनाएको छ ।


    यस्ता घटनामा संलग्न जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न पनि कांग्रेसले माग गरेको छ । 

    images

    सहकारी ठगी प्रकरण सम्बन्धी मुद्धामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत बाहिर अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

    Magh 02, Dinesh Tripathi_Kathmandu district court.jpg

     

  • सम्बन्धित विषय:

  • # दिनेश त्रिपाठी