काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
आज सुनको तोलामा १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


