आइतबार, भाद्र २८ गते २०८३
images

गायिका मेलिना राईले गरिन् बिवाह

एक्सप्रेस पाना
माघ ४, २०८१ शुक्रबार
  • 333
    SHARES
  • गायिका मेलिना राईले गरिन् बिवाह

    काठमाडौं । लोकप्रिय गायिका मेलिना राई बिवाह बन्धनमा बाधिएकी छन् । 

    images

    शुक्रबार गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा मेलिनाले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा  विवाह गरेकी हुन् ।

    मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । आधुनिकको अलवा चलचित्रको पाश्र्व गायनमा समेत चर्चित मेलिनाका थुप्रै गीत संगीतिक क्षेत्रमा हिट छन् ।

    images

    इलामका ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिएको बताइएको छ । 

    केही दिन अगाडि मात्र उनीहरूले इन्गेजमेन्ट गरेका थिए । जसको तस्बिर बिहीबार सार्वजनिक भएको थियो । 

  • सम्बन्धित विषय:

  • # मेलिना राई