आइतबार, कार्तिक १६ गते २०८३
images
images

यू–१९ महिला विश्वकप: स्कटलयण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 226
    SHARES
  • यू–१९ महिला विश्वकप: स्कटलयण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । यू–१९ महिला टी–२० विश्वकपमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । 

    images

    सोमबार मलेसियामा हुन लागेको खेलमा स्कटलयण्डविरुद्ध टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । 

    नेपाल र स्कटल्याण्ड दुवैले आ–आफ्नो पहिलो खेलमा हार व्यहोरिसकेका छन् । विश्वकपको अर्को चरणमा पुग्न दुवै देशलाई यस खेलमा जित निकाल्न अनिवार्य रहेको छ ।

    images

    विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टिम मलेसिया पुगेको छ । टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान)साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप