मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ६.७८ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 269
    SHARES
  • सोमबार ६.७८ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ६.७८ अंकले बढेर २६०७.९९ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । 

    ६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको बजारमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ। ११७ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    आज सबैभन्दा बढि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य बढेको छ भने वीन नेपाल लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मुल्य १० प्रतिशतले घटेको छ । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से