काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।
सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ गराएका हुन् । ट्रम्पले व्यक्तिगत बाइबल तथा अब्राहम लिंकनको बाइबलमाथि हात राखेर शपथ लिएका थिए ।
ट्रम्प यसअघि २०१६ देखि २०२० सम्म अमेरिकाको ४५औं राष्ट्रपति बनेका थिए ।
त्यस्तै उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्सले पनि पदको शपथ लिएका छन् ।
रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपती निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए ।
शपथ ग्रहण समारोहमा पुर्व राष्ट्रपतिहरुसहित अमेरिका प्रमुख राजनीतिज्ञ, उद्योगी व्यवसायीसहित विभिन्न देशका प्रतिनिधिहरु सहभागी थिए ।
यस पटकको शपथग्रहण कार्यक्रम ४० बर्षमा पहिलो पटक संसद भित्र भएको छ ।


