आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

एक्सप्रेस पाना
माघ ८, २०८१ मंगलबार
  • 191
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।

    images

    मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् । 

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । 

    images

    जारी विज्ञप्तिमा भनिएको छ,“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१÷१०÷७ को सिफारिसमा संवत् २०६१ साल माघ १८ गते शुक्रबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ, ।” 

    samsad-aadhibesan-1489x2048-1-558x768.jpg

  • सम्बन्धित विषय:

  • # संसद अधिवेशन