शनिबार, भाद्र २७ गते २०८३
images

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु

एक्सप्रेस पाना
माघ ८, २०८१ मंगलबार
  • 303
    SHARES
  • तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु

    काठमाडौं । तनहुँमा मंगलबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । 

    images

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको हो ।

    दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । 

    images

    उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

    अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना