काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पाँच दिनको अस्पताल बसाई पछि मंगलबार लीलावती अस्पतालबाट उनि डिस्चार्ज भएका हुन् ।
भारतिय सञ्चार माध्यमका अनुसार चिकित्सकहरूले सैफको स्वास्थ्यमा अहिले सुधार भइरहेको छ ।
बलिउड अभिनेता सैफ जनवरी १६ मा आफ्नो बान्द्राको घरमा लुटपाटको प्रयासमा घाइते भएका थिए । उनी माथी छुरा प्रहार भएको थियो । उक्त घटनापछि अभिनेताले २.५ इन्चको मेरुदण्डको टुक्रा हटाउन शल्यक्रिया गरेका थिए।


