बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘मायाबी’ को नयाँ गित ‘सितारा जडेको’ सार्वजनिक

एक्सप्रेस पाना
माघ ८, २०८१ मंगलबार
  • 294
    SHARES
  • चलचित्र ‘मायाबी’ को नयाँ गित ‘सितारा जडेको’ सार्वजनिक

    काठमाडौं । फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मायाबी’ को नयाँ गित ‘सितारा जडेको’ सार्वजनिक गरेको छ ।

    images

    गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराईको शब्द रहेको छ ।

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाँई, समिम खान, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । 

    images

    चलचित्रमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ भने दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

     

  • सम्बन्धित विषय:

  • # पल शाह
  • # मायाबी