बुधबार, भाद्र २४ गते २०८३
images

‘प्रधानमन्त्रीले मसँग फेस गर्न सकेनन्’: हर्क साम्पाङ

एक्सप्रेस पाना
माघ ९, २०८१ बुधबार
  • 254
    SHARES
  • ‘प्रधानमन्त्रीले मसँग फेस गर्न सकेनन्’: हर्क साम्पाङ

    काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिएका छन् । 

    images

    मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका उनले प्रधानमन्त्रीसँग भेट्न नपाएपछि साम्पाङले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् । 

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई।’ 

    images

    खानेपानीको समस्या सुनाउन भन्दै उनी सोमबार रित्तो गाग्रो बोकेर काठमाडौं उत्रिएका थिए । मंगलबार सिंहदरबारमा उनी रित्तो गाग्रोसहित पुगेका थिए । प्रहरीले गाग्रो खोसेको थियो ।

  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ