आइतबार, कार्तिक १६ गते २०८३
images
images

सहकारी पीडितहरूको तर्फबाट बहस गर्न भैरहवा पुगे‍ अधिवक्ता त्रिपाठी

एक्सप्रेस पाना
माघ ९, २०८१ बुधबार
  • 324
    SHARES
  • सहकारी पीडितहरूको तर्फबाट बहस गर्न भैरहवा पुगे‍ अधिवक्ता त्रिपाठी

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न भैरहवा पुगे‍का छन् ।

    images

    रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट जिल्ला अदालतमा बहस गर्न त्रिपाठी बुधबार भैरहवा पुगेका हुन् ।

    बुधबार उनले सामाजिक सञ्जालमा सहकारी पीडितहरूकोतर्फबाट बहस गर्न भैरहवा हिँडेको बताएका हुन् । 

    images

    त्रिपाठीले रवि मुछिएको प्रकरणमा निरन्तर सहकारी पीडितहरूको  तर्फबाट बहस गरिरहेका छन् ।

    काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पीडितकोतर्फबाट बहस गर्दा उनले माघ २ गते रास्वपा कार्यकर्ताको कुटाइ खानु परेको थियो ।

    उनले पोखराको सूर्यदर्शन सहकारी र काठमडौंको स्वर्णलक्ष्मी सहकारी हिनामिना प्रकरणमा पनि पीडितहरूको तर्फबाट बहस गरिसकेका छन् ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ। यस प्रकरणमा मुख्य मुख्य प्रतिवादी लामिछाने मंगलबार अदालतमा उपस्थित हुन भैरहवा पुगिसकेका छन् ।

    उनी बुधबार अदालतमा उपस्थित भएपछि मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको अघि बढिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # दिनेश त्रिपाठी