बुधबार, भाद्र २४ गते २०८३
images

ओपनर कुशल भुर्तेलले डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने

एक्सप्रेस पाना
माघ १२, २०८१ शनिबार
  • 372
    SHARES
  • ओपनर कुशल भुर्तेलले डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले डडेल्धुराबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट खेल्ने भएका छन्।

    images

    भुर्तेलले डडेल्धुराको फेन्ड्स क्लबबाट धनगढीमा यही माघ १९ देखि २८ गतेसम्म हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन्।

    फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा डडेल्धुराको फेन्ड्स क्लबले डीसीए धनगढीविरुद्ध खेल्नेछ।

    images

    फेन्ड्स क्लबले माघ २१ गते वोस्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ। लिग चरणका सबै खेलका प्रमुख तथा गेम चेञ्जर खेलाडीहरुको रुपमा कुशल भुर्तेल रहनेछन्।

    धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना हुने अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। रनिङ ट्रफीको रुपमा टी–२० फम्र्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन्।

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

     

  • सम्बन्धित विषय:

  • # कुशल भुर्तेल