शनिबार, भाद्र २७ गते २०८३
images

धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या,श्रीमान पक्राउ

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 272
    SHARES
  • धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या,श्रीमान पक्राउ

    काठमाडौं । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ ।

    images

    धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको हो । 

    प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसंग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

    images

    देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुको भनाइ छ ।

    देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको हत्या