आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन:गृहमन्त्री लेखक

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 251
    SHARES
  • स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन:गृहमन्त्री लेखक

    काठमाडौं । नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई  ज्ञापन पत्र बुझाएको छ ।

    images

    सोमबार  पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको  समूहले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष ध्यानार्षण पत्र बुझाएको  हो । 

    ज्ञापन पत्र बुझ्दै गृहमन्त्री  रमेश लेखकले  स्वतन्त्र पत्रकारितालाई कसैले पनि अवरोध गर्न नहुने बताए । उनले  पत्रकारितालाई व्यवसायीक ढंगले निष्पक्ष र स्वतन्त्रपूर्ण बनाउन सबै  निकाय र पत्रकार महासंघले पनि ध्यान दिनुपर्ने बताए ।

    images

    उनले भने, ‘खास गरेर पत्रकारिताको  व्यवसायीक स्वतन्त्रता र पत्रकारकामाथि  कुनै पनि खालका अवाञ्छित दबावहरु भौतिक खालका,  मांसिक खालका अथवा स्वतन्त्र पत्रकारिताई अवरोध गर्ने, खण्डित गर्ने, दबावहरु कसैले गर्नु हुँदैन । पत्रकारितालाई  व्यवसायीक ढंगले निष्पक्ष र स्वतन्त्र वातावरण बनाउन.सरकार तयार  छ ।’

    साथै उनले पत्रकारिता लोकतन्त्रको बाहक र संरक्षक समेत भएको बताए । उनले पत्रकारिता लोकतन्त्रको थर्मोमिटर समेत भएकाले नेपालको संविधानले पूर्ण  पत्रकारिता स्वतन्त्रतामा ध्यान दिएको बताए । 

    त्यसैगरी अध्यक्ष शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद दिईन् ।  

  • सम्बन्धित विषय:

  • # निर्मला शर्मा
  • # पत्रकार महासंघ