शनिबार, भाद्र २७ गते २०८३
images

मदिरा सेवनबाट बागलुुङमा ४ जनाको मृत्युु 

एक्सप्रेस पाना
श्रावण ५, २०७८ मंगलबार
  • 680
    SHARES
  • मदिरा सेवनबाट बागलुुङमा ४ जनाको मृत्युु 

    साउन ५,काठमाडौँ । मदिरा सेवनबाट बागलुुङमा चार जनाको मृत्यु भएको छ । बागलुुङको गलकोट नगरपालिका ७ मा विषाक्त सेवनबाट चार जनाको मृत्यु भएको छ भने दुुई गम्भीर बिरामी परेका छन् । 

    images

     

    जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका थिए । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।