शनिबार, भाद्र २७ गते २०८३
images

च्याँगा प्रवेश गर्ने सडक चिटिक्क पारियो

एक्सप्रेस पाना
आश्विन २५, २०७८ सोमबार
  • 360
    SHARES
  • च्याँगा प्रवेश गर्ने सडक चिटिक्क पारियो

    असोज २५ उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ च्याँगामा दसौँ नजिकिएसँगै युवाहरूले गाउँ जाने सडक चिटिक्क पारेका छन् । कटारी-३ को ताराघारीदेखि दक्षिण तर्फ दुई किलोमिटर सडक खण्डको वनक्षेत्रको भागमा युवाहरूले सरसफाई साथै रंगरोगन गरी चिटिक्क पारेका हुन् ।

    images

    कालोपत्रे सडक आसपासमा हरियो सुन्दर वन क्षेत्रमा रंगरोगन गरिएसँगै सडक सुन्दर देखिएको छ । गत वर्ष मात्रै कालोपत्रे गरिएपछि यस सडक खण्डमा फोटो खिच्ने , भिडियो खिच्ने, टिकटक बनाउन आउनेहरूको संख्यासमेत बढ्दै गएको छ । सेल्फी लिन आउनेहरूको संख्या बढ्दै गएपछि युवाहरूले गाउँ प्रवेश गर्ने सडक चिटिक्क पारेका हुन् । 

    दसौँमा गाउँमा झनै नयाँ आगन्तुक आउने फोटो, भिडियो खिच्ने र प्रचारप्रसार हुने भएपछि सरसफाई गरी चिटिक्क पारिएको युवाहरूले बताएका छन् ।सडकको दुवै किनाराका रुखहरूमा रातो र सेतो रंग पोतेर सडकलाई आकर्षक बनाइएको छ ।

    images