बुधबार, भाद्र २४ गते २०८३
images

अमेरिकामा आयत हुने स्टिल तथा अल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको निर्णय

एक्सप्रेस पाना
माघ २८, २०८१ सोमबार
  • 237
    SHARES
  • अमेरिकामा आयत हुने स्टिल तथा अल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको निर्णय

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सबै स्टिल तथा अल्मुनियममा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्।

    images

    आइतबार राष्ट्रपतिको आधिकारिक विमान एयर फोर्स वानमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताएका हुन् ।

    उनले भनेका छन् "अमेरिका आउने कुनै पनि स्टिलमा २५ प्रतिशत कर लगाइनेछ" ।

    images

    ट्रम्पले विभिन्न देशहरूमा पारस्परिक अतिरिक्त महसुल लगाउने बताए । उनले कुन–कुन देशमाथि यस्तो महसुल लगाइने भन्ने कुरा चाहि खुलाएका छैनन् ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो निर्णयले क्यानडामा धेरै असर पर्ने बताइएको छ । अमेरकाका लागि क्यानडा र मेक्सिको सबै भन्दा ठुला स्टिल व्यापारका साझेदार हुन्।

    पहिलो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको तथा युरोपेली युनियनबाट आउने स्टिललाई २५ प्रतिशत तथा अल्मुनियमलाई १० प्रतिशत कर लगाएको थियो।

    एक वर्षपछि सहमतिमा पुग्दै क्यानडा र मेक्सिकोबाट आउने सामानमा कर हटाइएको थियो। युरोपेली युनियनबाट आउने सामानमा भने सन् २०२१ सम्म कर यथावतै थियो।

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प