बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘हर्ष’ मा खगेन्द्र र आँचलको जोडी

एक्सप्रेस पाना
माघ २८, २०८१ सोमबार
  • 271
    SHARES
  • चलचित्र ‘हर्ष’ मा खगेन्द्र र आँचलको जोडी

    काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडीको अभिनय रहने ‘हर्ष’ चलचित्र बन्ने भएको छ ।

    images

    चलचित्रलाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन ।

    ई.प्राइम मुभिजको ब्यानरमा बन्ने चलचित्रमा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।

    images

    चलचित्रलाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् । आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने चलचित्रमा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # ‘हर्ष
  • # खगेन्द्र लामिछाने
  • # आँचल शर्मा