आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
आश्विन २५, २०७८ सोमबार
  • 517
    SHARES
  • सुनको मूल्यमा गिरावट

    असो २५ काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला रु ९० हजार २५० मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १८० मा कारोबार हुनेछ ।

    images