आइतबार, भाद्र २८ गते २०८३
images

कम्युनिष्टहरुले कांग्रेसको विचार आत्मासाथ गरिरहेका छन्:मन्त्री पौडेल

एक्सप्रेस पाना
माघ २८, २०८१ सोमबार
  • 261
    SHARES
  • कम्युनिष्टहरुले कांग्रेसको विचार आत्मासाथ गरिरहेका छन्:मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले कम्युनिष्टहरुले नेपाली कांग्रेसको विचार आत्मासाथ गरिरहेको बताएका छन् । 

    images

    सोमबार ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस कम्युनिष्टको विचारमा गयो भन्ने टिप्पणी भइरहेको भन्दै उनले कम्युनिष्टहरुले चाँही कांग्रेसको विचार आत्मासाथ गरेको प्रष्ट पारेका हुन् । उनले नेपाली कांग्रेस पार्टी नेपालको राष्ट्रिय राजनीतिको विश्वविद्यालय रहेको बताए । 

    उनले भने,‘नेपाली कांग्रेस पार्टी नेपालको राष्ट्रिय राजनीतिको विश्वविद्यालय हो । यही विश्वविद्यालयमा पढेर अरु नेताहरुले दल खोल्नुभयो । दलको नेता बन्नुभयो । मान्छेहरु भन्ने गर्छन् कांग्रेस कम्युनिष्टको विचारमा गयो । तर होईन् । कम्युनिष्ट कांग्रेसको विचारमा आएको हो । नेपाली कांग्रेसको विचार कम्युनिष्टहरुले आत्मासाथ गरेका हुन् ।’

    images

    त्यस्तै उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिइरहेको बताए । 

    ‘प्रतिस्पर्धीसँगै हामी सत्तामा बसेको स्थिति छ । सत्तालाई विशेष महत्व दिएर गएका हौं । जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिएका छौं । निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ नै तर आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित छैनन् । बढेको स्थिति छ । विभिन्न कोण प्रश्न उठाउने बढेर गएका छन् । त्यसैले आलोचनात्मक कोणबाट होइन हामी अझै परिस्कृत हुन जरुरी छ । उनले भने । ’

  • सम्बन्धित विषय:

  • # प्रदीप पौडेल