काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेटन पूर्ण रुपमा बन्द गरिएको छ ।
कीर्तिपुर अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुँदा भेटघाट पूर्ण रुपमा बन्द गरिएको जनाएको हो ।
अस्पतालले मन्त्री पौडेल तथा मेयर आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएको छ ।
प्रा.डा.वि.डी.झाडा प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली ,प्रा.डा.शंकर मान राई, डा.विशाल कार्की, डा मनिष यादवलगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली डा.निजीना ताम्राकार मेडिकल डाईरेक्टरतगायत उपचारमा संलग्न रहेका छन् ।



