बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

एक्सप्रेस पाना
फाल्गुण ८, २०८१ बिहीबार
  • 308
    SHARES
  • चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

    काठमाडौं । महाशिवरात्रिको अवसर पारेर यहीँ फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक भएको छ ।

    images

    सार्वजनिक गीतमा एसडी योगीको स्वर र संगीत रहेको सार्वजनिक गीतमा राम अविरल बिष्टको शब्द छ ।

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नायिका करिश्मा श्रेष्ठ, कलाकार सुशिल सिटौला लगायतको अभिनय छ । 

    images

    दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।

    राजु विक्रम थापाको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।
    राजु पराजुली र सुमित वलीको सह–निर्माण रहेको चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।

  • सम्बन्धित विषय:

  • # मायावी
  • # पल शाह
  • # दीपिका प्रसाँई