काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक छ । बैठकमा समसामयिक विषयहरूमा छलफल गरिने बताइएको छ ।


