शनिबार, भाद्र २७ गते २०८३
images

स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ: मन्त्री पौडेल

एक्सप्रेस पाना
फाल्गुण १५, २०८१ बिहीबार
  • 264
    SHARES
  • स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ: मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताएका छन् । 

    images

    बिहीबार काठमाडौंमा २८ औ स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उनले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताएका हुन् । उनले  स्वास्थ्य सेवा ऐन पनि छिटै ल्याउने तयारीमा रहेको बताए । 

    उनले भने, ‘हामीले स्वास्थ्य सेवा ऐन पनि छिटै ल्याउदैँ छौ । यसको साथै अन्य ऐनहरुको पनि तयारी गर्दैछौ । विकास समिति ऐनको तयारी भइरहेको थियो, औषधी ऐनको तयारी भइरहेको छ । गुणस्तर ऐनको तयारी भइरहेको छ । धेरै नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेका छौ । नीतिगत कामहरुलाई पूर्णतातर्फ लाने कामहरु गरिरहेका छौ ।’ 

    images

    यसको साथै, उनले देशका जनशक्ति देशभित्र बस्न नचाहनु आजको सबैभन्दा ठूलो चुनौती भएको भन्दै यस क्षेत्रमा पनि अध्ययन आवश्यक रहेको बताए । 

  • सम्बन्धित विषय:

  • # प्रदिप पौडेल