शनिबार, भाद्र २७ गते २०८३
images

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना विदेशी पक्राउ

एक्सप्रेस पाना
फाल्गुण १५, २०८१ बिहीबार
  • 404
    SHARES
  • अवैध सुनसहित  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना विदेशी पक्राउ

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरुमा गएराति फ्याइ दुबईको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभ रहेका छन् । 

    टर्मिनल गेटमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तीन किलो ७४५ ग्रामसुनसहित फेला पारेर पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    images

    प्रहरीका अनुसार पक्राउ पर्ने उज्बेकिस्तानका नागरिक रहेका छन् र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # विदेशी पक्राउ