आइतबार, कार्तिक १६ गते २०८३
images
images

देशभर भारी वर्षाको सम्भावना : बाढीको उच्च जोखिम बढ्यो 

एक्सप्रेस पाना
श्रावण ५, २०७८ मंगलबार
  • 649
    SHARES
  • देशभर भारी वर्षाको सम्भावना : बाढीको उच्च जोखिम बढ्यो 

    काठमाडौँ । आगामी तीनदिनसम्म मनसुन सक्रिय हुने भएकाले देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गनेहरु विशेष सचेत हुनुपर्ने मौसमविद्हरुले बताएका छन्। आज देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। महाकाली, कर्णाली, नारायणी र कोशी नदीमा आज पानीको बहाव बढ्ने पूर्वानुमान रहेको छ।

    images

    भेरी, मस्र्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूणलगायत नदीहरुमा पनि बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। प्रदेश १ को तेहथुम, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, प्रदेश २ को सप्तरी, सिराह, धनुषा, बारा, पर्सा, वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ्गका नदी तथा खोलामा पानीको बहाव बढ्ने जल तथा मौसम विभागले जनाएकोृ छ ।  

    गण्डकी प्रदेशको गोरखा, लमजुङ, मुस्ताङ, तनहुँ, स्याङ्गजा, कास्की, म्याग्दी, पर्वत, बाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, अर्घाखाँची, कपिलबस्तु, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, कालिकोट, जुम्ला तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कंचनपुर, डडेलधुरा, डोटी, अछाम र आसपास जिल्ला भई बग्ने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै सचेत रहन विभागले आग्रह समेत गरेको छ ।  

    images