सोमबार, कार्तिक १७ गते २०८३
images
images

सबै मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने छोटो समयमै समृद्ध नेपाल बनाउन सकिन्छ:चन्द्र ढकाल

एक्सप्रेस पाना
फाल्गुण २३, २०८१ शुक्रबार
  • 310
    SHARES
  • सबै  मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने छोटो समयमै समृद्ध नेपाल बनाउन सकिन्छ:चन्द्र ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने छोेटो समयमा आम नेपालीहरुले चाहेको जस्तो समृद्ध नेपाल बनाउन सकिने बताएका छन् । 

    images

    शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले यस्तो धारण राखेका हुन् ।

    उनले कतिपय राजनीतिक पार्टीको तर्फबाट विकास निर्माण, रोजगारी सृजना र पूर्वधार निर्माण गर्ने कुरामापनि विरोध हुने गरेको भन्दै आपत्ति जनाए । 

    images

    उनले भने,‘हामी सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी वास्तबमा पूरा गर्ने हो भने छोटो समयमा आम नेपालीहरुले चाहेको समृद्ध नेपाल बनाउन सकिन्छ ।’ ‘कतिपय राजनीतिक पार्टीकातर्फबाट विकास निर्माणमार्फत रोजगारी सृजना गर्ने, पूर्वधारको विकास गर्ने कुराको विरोध गर्ने गरेको पाइएको छ । कतिपय संघ संस्थाहरुले पनि पूर्वाधार बनाउने कुराको विरोध गर्ने गरेको पाइन्छ । यदी नकरात्मक हिसाबकै मात्रै कुरा गर्ने हो भने, रोजगारी दिने मान्छेको विरोध मात्र गर्ने हो भने कस्तो खालको समाज बनाउन खोज्दै छौं ? ’उनले प्रश्न गरे । 

  • सम्बन्धित विषय:

  • # अध्यक्ष चन्द्र ढकाल