बुधबार, भाद्र २४ गते २०८३
images

विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाएका छन्:सांसद श्रेष्ठ

एक्सप्रेस पाना
चैत्र ६, २०८१ बुधबार
  • 552
    SHARES
  • विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाएका छन्:सांसद श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेको बताएकी छन् । 

    images

    बुधबार प्रतिनिधिसभाको बैठक पश्चात उनले विश्वविद्यालयलाई दलहरुले आफ्नो स्वार्थको लागि प्रयोग गरेको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताईन् ।

    दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई सिडिको रुपमा प्रयोग मात्र गरिरहेको भन्दै यस्तो तरिकाले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न नसक्ने पनि उनको भनाई छ । 

    images

    उनले भनिन्, ‘विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेका छन् । यसलाई तत्काल रोक्नु पर्छ । यसलाई रोक्नलाई जुन तरिकाले सदन सहज तरिकाले केही पनि नभएको जस्तो गरेर चलिरहेको छ । स्ववियूको निर्वाचनमा के भईरहेको हो, एकदमै झगडाको माहोल बनेको छ । धेरै जनालाई यो विद्यार्थीहरुले गरेको जस्तो लाग्छ तर मलाई लाग्छ यो दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई आफ्नो सिडिको रुपमा प्रयोग मात्र गरिरहेका छन् । यस्तो पाराले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न सक्दैँन् ।’ 

    उनले सदनमा घृणाको राजनीति नगरौं भनेर भन्ने दलहरुले नै विद्यार्थीहरुलाई एकअर्कालाई कुट भनेर आदेश दिने गरेको भन्दै योभन्दा बढि घृणाको काम अरु केही हुन नसक्ने बताईन् । 

    उनले भनिन्, ‘यही सदनमा छन् धेरै जना कमान्डरहरु, सदनमा राम्रो कुरा गर्छन् घृणाको राजनीति नगरौं भनेर तर बाहिर  विद्यार्थीहरुलाई एकअर्कालाई कुट भनेर भन्ने योभन्दा बढि घृणाको काम अरु के हुन सक्छ । तर यस्तो काम दलहरुले गर्न लगाइ रहेको छ ।’

  • सम्बन्धित विषय:

  • # सुमना श्रेष्ठ