बुधबार, भाद्र २४ गते २०८३
images

विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल,प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन

एक्सप्रेस पाना
चैत्र ८, २०८१ शुक्रबार
  • 297
    SHARES
  • विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल,प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग बिहिबार टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी सो आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिइ पहल गर्ने तथा यसबारे  विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे । 

    प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुरानकारी गरेका थिए । 

    images

    आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराए । 

    संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।

  • सम्बन्धित विषय:

  • # विपिन जोशी