शनिबार, भाद्र २७ गते २०८३
images

‘जन्ते बाख्रो’ को फस्र्ट लुक सार्वजनिक, जेठ २३ गतेदेखी प्रदर्शनमा आउने

एक्सप्रेस पाना
चैत्र १४, २०८१ बिहीबार
  • 258
    SHARES
  • ‘जन्ते बाख्रो’ को फस्र्ट लुक सार्वजनिक, जेठ २३ गतेदेखी प्रदर्शनमा आउने

    काठमाडौं । अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिा रहेको सिनेमा ‘जन्ते बाख्रो’को फस्र्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । 

    images

    सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो । यो मितिमा अहिलेसम्म अन्य कुनैपनि सिनेमाले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

    हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । 

    images

    निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

    सिमोस सुनुवारको निर्देशनमा निर्माण सिनेमामा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । 

    सिनेमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स स्वंयम निर्माण कम्पनी मुईन इन्टरटेनमेन्टले नै राखेको छ ।

  • सम्बन्धित विषय:

  • # ‘जन्ते बाख्रो’