मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काठमाडौंको कर्फ्यु शनिबार बिहान ७ बजेसम्मका लागि बढाइयो

एक्सप्रेस पाना
चैत्र १६, २०८१ शनिबार
  • 331
    SHARES
  • काठमाडौंको कर्फ्यु शनिबार बिहान ७ बजेसम्मका लागि बढाइयो

    काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश शनिबार बिहान ७ बजेसम्म बढाइएको छ ।

    images

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, शुक्रबार राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय आज बिहानसम्मका लागि थप गरिएको हो । 

    काठमाडौँ महानगरपालिका भित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । 

    images


    बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कर्फ्यू क्षेत्र तोकिएको छ । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

    Immergency.png

  • सम्बन्धित विषय:

  • # कर्फ्यु