आइतबार, भाद्र २८ गते २०८३
images

शिक्षकहरुको आन्दोलन जारी,विद्यार्थी भर्ना अभियान प्रभावित

एक्सप्रेस पाना
बैशाख २, २०८२ मंगलबार
  • 380
    SHARES
  • शिक्षकहरुको आन्दोलन जारी,विद्यार्थी भर्ना अभियान प्रभावित

    काठमाडौं । विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले मंगलबार पनि निरन्तरता दिएका छन् । चरणबद्ध रुपमा आन्दोलन अघि बढाइरहेका देशभरका शिक्षकहरु यतिबेला शैक्षिक हड्ताल घोषणा गरेर काठमाडौंका सडकमा छन् ।

    images

    विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडोभन्दा चाँडो पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन २०८१ को चैत २० गतेदेखि जारी छ । 

    शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भई शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । शिक्षकहरुको आन्दोलनले सवारी आवागमन अस्तव्यस्त बनेको छ र सर्वसाधारणलाई सास्ती भएको छ ।

    images

    शिक्षकहरु प्रस्तावित विधेयकमा गरिएका केही व्यवस्थाहरु खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् ।

    मंगलबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण आजदेखि देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो ।