आइतबार, भाद्र २८ गते २०८३
images

मुगुका दुर्गम गाउँमा बर्थिङ सेन्टर, गाउँमा खुशीयाली

एक्सप्रेस पाना
बैशाख १८, २०८२ बिहीबार
  • 379
    SHARES
  • मुगुका दुर्गम गाउँमा बर्थिङ सेन्टर, गाउँमा खुशीयाली

    काठमाडौं । वर्षौँदेखि प्रसूति सेवा लिन ६ घण्टा पैदल यात्रा गरेर स्वास्थ्य संस्था धाउने सुत्केरी महिलाहरुका लागि मुगुको दुर्गम गाउँमा बर्थिङ सेन्टर स्थापनाले खुशीयाली छाएको छ । 

    images

    नार्थपु स्वास्थ्य सस्था र  गमगढी बजारमा रहेको जिल्ला अस्पतालसम्म पुग्न तीन दिनसम्म लगाएर धाउने विरामीहरु सोरुगाँउपालिकाको नेर र लिब्रु गाँउमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय खुशी भएका हुन् । 

    ब्याक टु लाइफ इभी जर्मनीको आर्थिक सहयोग र कर्णाली सामूदायिक बिकास केन्द्र मुगुको प्राविधिक तथा साझेदारीमा नेरगाँउमा निर्माण भएको सुविधा सम्पन्न बर्थिङ सेन्टरले धेरैलाई राहत दिएको छ । 

    images

    सात कोठा एक तले भवन ६० लाख ८५ हजार ५ सय ७७ रुपैया र लिब्रुमा रहेको पाँचकोठा सहितको दुई तले  ७२ लाख २१ हजार ३ सय २९ रुपैयाँ लागतमा बर्थिङ सेन्टर स्थापना भएको हो । 

    विभिन्न सेवासुबिधासहित औषधी उपचारमा प्रयोग हुने लाखौं मूल्यका सामान एवम औजार, उपकरणसहित वर्थिङ सेन्टर सोरुगाँउपालिकालाई एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । 

    गाँउमा बर्थिङ सेन्टर नहुदाँ टाढा धाउनुपर्ने नभए हेलिकोप्टरमार्फत सुर्खेत, नेपालगन्ज र काठमाडौं धाउनुपर्ने बाध्यता थियो । बर्थिङ सेन्टरको अभावमा केही बर्ष यता नेर र लिब्रु गाँउमा मात्र ६ दर्जन भन्दा बढी सुत्केरी आमाको मृत्यु भइसकेको छ । 

    अव गाँउ घरमा औषधी उपकरणसहित बर्थिङ सेन्टर निर्माण भई सेवा सुरु भएपछि अकाल मृत्युबाट बाँच्नुका साथैं स्वास्थ्यमा सहज हुने भएकाले खुशी लागेको लिब्रु गाउँकी अंगसरा शाहीले बताइन् । 

    वर्थिङ सेन्टरको माग भए अनुसार सोरु गाँउपालिकामा मात्र ६ वटा वर्थिङ सेन्टर निर्माण भइरहेका छन् । चारवटा बर्थिङ सेन्टर ब्याक टु लाईफ इभीले आफ्नै कर्मचारी राखेर सन्चालनमा ल्याएको छ । अन्य दुईवटा सेन्टर स्थानीय तहलाई हस्तान्तरण गरी पालिकाबाट सन्चालन हुनेछन् । थप सहयोगका लागि ब्याक टु लाइफ इभीका प्रतिनिधी महेश दत्त पन्थले बताए ।