शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘झिल्को’को ग्रान्ड प्रिमियर सो सम्पन्न,आजै देखि प्रदर्शनमा

एक्सप्रेस पाना
बैशाख १९, २०८२ शुक्रबार
  • 237
    SHARES
  • चलचित्र ‘झिल्को’को ग्रान्ड प्रिमियर सो सम्पन्न,आजै देखि प्रदर्शनमा

    काठमाडौं । आज (शुक्रबार) देखि नेपाली चलचित्र ‘झिल्को’ देशभर प्रर्दनमा आउँदै छ । 

    images

    शुक्रबार देखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘झिल्को’ को बिहीबार साँझ काठमाडौंंमा ग्रान्ड प्रिमियर सो सम्पन्न भएको छ । 
    बिहीबार साँझ काठमाडौंमा चलचित्र ‘झिल्को’को ग्रान्ड प्रिमियर सो सम्पन्न भएको हो । 

    ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन् । 
    आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको छ ।

    images

    यस चलचित्रमा स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक समस्या, अभिभावकको बेवास्ता र अभिभावक–सन्तानबिच बढ्दो दूरीजस्ता समस्या केन्द्रीत छ । 

    चलचित्रमा आयुषी ढकालसाथै, सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिश श्रेष्ठ र जेभिश श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

    मिडिया फर कल्चर प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

     

  • सम्बन्धित विषय:

  • # ‘झिल्को