काठमाडौं । इन्डियन आईडल १२ का विजेता गायक पवनदिप राजन कार दुर्घटनामा परेका छन् ।
सोमबार भारतको अमरोहामा कार दुर्घटनामा परेका हुन् । अन्तराष्ट्रिय समाचारमाध्यमका अनुसार उनलाई गम्भीर चोट समेत लागेको छ ।
सामाजिक सञ्जालमा पवनदिपको भिडियो र फोटोहरु सार्वजनिक भएको छ, जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् र डाक्टरहरूले उनको उपचार गरिरहेका छन् ।
पवनदीपको खुट्टा र हातमा चोट लागेको बताइएको छ । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।


