बुधबार, भाद्र २४ गते २०८३
images

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

एक्सप्रेस पाना
बैशाख २५, २०८२ बिहीबार
  • 612
    SHARES
  • अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

    काठमाडौं । प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । 

    images

    सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

    उनीहरूले अनलाइनको दुरुपयोग गरेर २ करोड ६३ लाख ९ हजार तीन सय १२ रुपैयाँ ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । 

    images

    पक्राउ पर्नेम धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा रहेका छन् । 

    पक्राउ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । ती मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आइडीसमेत गरी १ सय ८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

    उनीहरूले सस्तो दरमा समान दिने भनेर अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए । हालसम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

  • सम्बन्धित विषय:

  • # पक्राउ