आइतबार, कार्तिक १६ गते २०८३
images
images

वर्षाका कारण धान बालीमा क्षति

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 359
    SHARES
  • वर्षाका कारण धान बालीमा क्षति

    कात्तिक १ कञ्चनपुर । खेतमा पाकेर थन्क्याउने वेला भएको धान बालीमा हिजो रातिदेखिको अविरल वर्षाका कारण क्षति पुगेपछि किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेको शुक्लाफाँटा नगरपालिका–७ का किसान शीतल धामीले बताए ।

    images

    “खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने वेलाको धान पानीले सखाप पारिदियो” कतिपय किसानले धान काटिसकेका थिए । काटेको धान खेतमै थियो । खेतमा पानीको भल बगेपछि थन्क्याउन बाँकी रहेको धान बगेको पनि छ ।

    जिल्लाको वेदकोट, महेन्द्रनगर, बेलौरीलगायतका ठाउँमा पनि धानबालीमा क्षति पुगेको किसानले बताएका छन् ।

    images