आइतबार, कार्तिक १६ गते २०८३
images
images

एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा

एक्सप्रेस पाना
जेठ ४, २०८२ आइतबार
  • 388
    SHARES
  • एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा

    काठमाडौं । आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा पानी परिरहेको छ । 

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको हो ।

    काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्लामा पानी परिरहेको र चट्याङ परेकाले सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    images

    एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ । पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ ।

    त्यसपछि धेरै वर्षा काभ्रेको खोपासी (पनौती) क्षेत्रमा १० मिलिमिटर वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने स्याङ्जामा रेकर्ड भएको छ ।

    स्याङ्जामा १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने फाटफुट्ट मात्र पानी परेको छ ।

     

  • सम्बन्धित विषय:

  • # भारी वर्षा